अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच टेलिफोन वार्ता

spot_img

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ। गत फेब्रुअरीमा अमेरिकाले चीनसँग व्यापार युद्ध सुरु गरेपछि उनीहरूबीच पहिलो पटक फोनवार्ता भएको हो। चिनियाँ सञ्चार माध्यमले ट्रम्प प्रशासनको पहलमा वार्ता भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत सी जिनपिङसँग झन्डै डेढ घण्टाको कुराकानी भएको उल्लेख गरेका छन्। वार्ताका क्रममा ट्रम्पले सी चिनफिङलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन्। ट्रम्पले भने, ‘सी चिनफिङले मलाई चीन आउन आग्रह गर्नुभयो र मैले पनि उहाँलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएँ। हामी दुवैले प्रस्ताव स्वीकार गरेका छौं।’ तर, चीनले जारी गरेको विवरणमा ट्रम्पलाई दिइएको निमन्त्रणा मात्र उल्लेख गरिएको छ। ह्वाइट हाउसको निमन्त्रणाको कुरा भने गरिएको छैन। ट्रम्पले सामाजिक सञ्जालमा छलफल व्यापार सम्बन्धी विषयमा केन्द्रित भएको उल्लेख गरेका छन्।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वार्ताका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई अमेरिकाले चीनविरुद्ध उठाइएका नकारात्मक कदमहरू फिर्ता लिन आवश्यक रहेको बताएका थिए। सिले भनेका छन्, ‘चीन सधैं आफ्ना प्रतिबद्धतामा अडिग रहन्छ। हालै जेनेभामा भएको सम्झौता दुवै पक्षले पालना गर्नुपर्छ।’ पछिल्लो समय दुवै देशले एकअर्कालाई उक्त सम्झौता उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः