सार्वजनिक यातायात बन्दले उपत्यकाको जनजीवन प्रभावित

spot_img

काठमाडौँ, जेठ १९ गते । यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकहरुले सास्ती व्यहोरेका छन् ।

सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमबार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौँ उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ ।

यातायात ठप्प हुँदा आम नागरिकहरुको दैनिकी नै अस्तव्यस्त बनेको छ । कार्यालय जानदेखि आफ्नो कामका लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरु उभिएर सवारीसाधन कुरिरहेको देख्न सकिन्छ ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः