पूर्वराजा ज्ञानेन्द्रद्वारा राजावादी नेताहरूसँग रणनीतिक भेट, जेठ १५ बाट जनआन्दोलन सुरु हुने

spot_img

 पूर्वराजा ज्ञानेन्द्र शाहले जेठ १५ गतेदेखि सुरु हुने भनिएको ‘अनिश्चितकालीन जनआन्दोलन’को पूर्वसन्ध्यामा प्रमुख राजावादी नेताहरूसँग सोल्टी होटलमा विशेष लन्च मिटिङ गरेका छन्। पूर्वराजाको यो सक्रिय सहभागिता राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ।

उक्त भेटमा ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर विष्ट सहभागी थिए। भेटघाट र जनआन्दोलनको पूर्वघोषणाबीचको तालमेलले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू जन्माइरहेको छ।

आन्दोलनका तीन मुख्य माग

‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ बाट सुरु हुने आन्दोलनका लागि तीनवटा मुख्य मागहरू सार्वजनिक गरेको छ:

  1. राजसंस्थाको पुनर्स्थापना

  2. नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्ने

  3. संघीय शासन प्रणालीको खारेजी

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः