मौसम अपडेट : देशका धेरै ठाउँमा आज पनि पानी पर्ने

आज पनि देशका धेरै जसो ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । प्रि–मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।

 

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः