YCL नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा सन्तोष पटेल सचीव बन्ने आकांक्षा

spot_img

पर्सा । ने .क .पा . माओवादी केन्द्र को सहायक संगठन YCL नेपालको यही जेष्ठ १७-१९ काठमाडौं मा हुने तेस्रो औँ महाधिवेशनमा संगठनका केन्द्रिय सदस्य सन्तोष पटेल सचीव बन्ने आकांक्षा ब्यक्त गरेका छन ।
YCL नेपालको आगामी महाधिवेशन नजिकिँदै गर्दा सचीव पदको आकांक्षा बोकेका पटेल आफ्नो बलियो दाबेदारको रूपमा अग्रपंक्तिमा आएका हुन।
हामी सँगको कुराकानीमा पटेल ले उम्मेदवार बन्ने तयारी गरेको घोषणा नगरे पनि संगठन मा लामो योगदान, अनुभव र नेतृत्व क्षमताका आधारमा स्वाभाविक रूपमा आफुले सचीव को आकांक्षा ब्यक्त गरेको बताए।

YCL पर्सा को इन्चार्ज जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका पटेल केन्द्रीय सदस्य हुँदै संगठनको राष्ट्रिय तहमा स्थापित भएका व्यक्ति हुन। पटेलले पार्टी को सदस्यको जिम्मेवारी पुरा गरि YCL को दोस्रो औं राष्ट्रिय महाधिबेशन मा केन्द्रिय सदस्य पद मा निर्वाचित व्यक्ति हुन।

सचीव को आकांक्षी पटेलले तेस्रो औं राष्ट्रिय महाधिबेशन मार्फत सचीव को उम्मेदवारीको औपचारिक घोषणा नगरेको भए पनि सन्तोष पटेल सचीव पदका लागि संगठनभित्र आफ्नो बलियो दाबेदारी पेश गरेर बसेका एक सशक्त विकल्पका रूपमा छन्।

काठमाडौं मा आयोजना हुने YCL को तेस्रो औं राष्ट्रिय महाधिवेशनले ३५ पदाधिकारीसहित २५१ केन्द्रीय कमिटीको चयन गर्नेछ । केन्द्रीय कमिटी ३३ प्रतिशत महिलाको सुनिश्चिता गर्ने YCL नेपालले जनाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः