अभिनेत्री घिमिरे बनिन् कोड मन्त्रको ब्रान्ड एम्बासडर

spot_img

अभिनेत्री ऋचा घिमिरे अमेरिकामा स्थापित शैक्षिक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।

यससँगै उनी अमेरिकामा कुनै कम्पनीको ब्रान्ड एम्बासडर बन्ने पहिलो नेपाली कलाकार बनेकी छन् । नेपालमा धेरै कलाकारहरूले विभिन्न ब्रान्डहरू प्रवर्द्धन गरिरहेका भए पनि, अमेरिकामा बसेर अन्तर्राष्ट्रिय कम्पनीसँग औपचारिक सम्झौता कसैले गरेका भने थिएनन् ।

कोड मन्त्रले कृत्रिम बौद्धिकता (AI), कोडिङ, रोबोटिक्स, गणित र मेशिन लर्निङ जस्ता विषयहरूमा अग्रमोर्चामा रहेर भविष्यको पुस्तालाई सक्षम बनाउने उद्देश्य लिएको छ ।

प्रविधिको दुनियाँमा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यसँग ऋचाको दूरदृष्टि मेल खाने भएकाले उनीलाई ब्रान्ड एम्बासडर बनाइएको कम्पनिले बताएको छ । कोड मन्त्रका सीईओ भुवन रिजाल, सीटीओ सुजान रिजाल र प्रोडक सलाहकार सलोम भट्टले यसै सात एक कार्यक्रमका बीच ऋचालाई अनुबन्धित गराए ।

‘यो केवल एउटा ब्रान्ड साझेदारी होइन,’ ऋचाले भनिन्, ‘हामी अब एक ग्लोबल भिलेजमा बाँचिरहेका छौं। यस प्रकारका सहकार्यहरूले विश्वभरिका कलाकारहरूका लागि नयाँ अवसरको ढोका खोल्नेछन् ।’ केही समय अगाडि ऋचाले लामो समय पछि तेल भिसा नामक चलचित्रको निर्माण एवं अभिनय गरेकी थिइन् ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः