इस्लामावाद — पाकिस्तानको राजधानी इस्लामावाद र अफगानिस्तानको सीमासँग जोडिएको प्रान्त खैबर पख्तुनख्वाको कैयौं क्षेत्रमा बुधबार अचानक परेको असिनाले ठूलो क्षति गरेको छ ।
असिनाका कारण सैयौं गाडी र घरको झ्यालका सीसा फुटेर चकनाचुर भएका छन् । बीबीसी उर्दुका अनुसार इस्लामावादका स्थानीयले आफ्नो जीवनमा यति ठूलो असिना पानी कहिल्यै नदेखेको बताएका छन् ।
खैबर पख्तुनख्वाको क्षेत्रमा धेरै क्षति भएको बताइएको छ । यहाँको लन्डी कोतलमा भारी वर्षाका कारण बाढीसमेत आएको छ ।
असिनाका कारण कैयौं कारका सीसा फुटेको भिडियोहरु सामाजिक सञ्जालमा छरपस्ट छन् ।




