वीरगञ्ज भन्सारबाट नौ महिनामा रु १ खर्ब २४ अर्बभन्दा बढी राजस्व सङ्कलन

spot_img

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा कुल रु १ खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि चैतसम्म राजस्व सङ्कलनको दर उल्लेख्य देखिएको छ।

भन्सार कार्यालयले साउन महिनामा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिकमा रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन गरेको हो।

वीरगञ्ज भन्सार नेपालको व्यापारिक नाका तथा राजस्व सङ्कलनमा अग्रस्थानमा रहेको छ। आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्यअनुसारको राजस्व उठाउने कार्यालयको अपेक्षा रहेको जनाइएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः