अमेरिकामा बिना रजिस्ट्रेशन ३० दिनभन्दा धेरै बस्ने विदेशी नागरिकलाई जेल हुनसक्ने

spot_img

अमेरिका — अमेरिकामा अब ३० दिनभन्दा अधिक समय बसिरहेका नागरिकले यदि एलियन रजिस्ट्रेशन एक्ट अनुसार दर्ता भएनन् भने उनीहरुलाई जेल हुन सक्नेछ ।

प्रेस सचिव क्यारोलाइन लेभिडले शुक्रबार भनेकी छन्, ‘एलियन रजिस्ट्रेशन एक्ट अन्तर्गत आज ११ अप्रिलसम्म दर्ता गर्ने अन्तिम समय छ । संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा अधिक समयसम्म रहने सबै विदेशी नागरिकले संघीय सरकारसँग पञ्जीकरण गर्नुपर्नेछ ।’

यसको पालना नगर्नु एक अपराध रहेको र यसका लागि जरीवाना र जेल या दुवै सजाय हुनसक्ने उनले बताएकी छन् ।

क्यारोलाइनले राष्ट्रपति ट्रम्पको कुरालाई स्मरण गराउँदै भनेकी छन्, ‘राष्ट्रपति ट्रम्प र होमल्याण्ड सेक्यूरिटीका सेक्रेटरी क्रिस्टी नोएम दुवैले भन्नुभएको छ– यदि तपाईं दर्ता गराउनुहुँदैन भने तपाईंलाई पक्राउ गरिनेछ, जरीवाना लगाइनेछ, देश निकाला गरिनेछ र तपाईं कहिले पनि हाम्रो देशमा फिर्ता आउन सक्नुहुनेछैन ।’

यता अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीका तर्फबाट ११ अप्रिलमा जारी प्रेस विज्ञप्तिमा पनि विदेशी नागरिकलाई यस एक्ट अनुसार दर्ता गराउन बताइएको छ । सेक्रेटरी नोएमले भनेकी छन्, ‘हाम्रो देशमा अवैध रुपमा आएका मानिसका लागि राष्ट्रपति ट्रम्प र मेरो स्पष्ट सन्देश छ–अहिल्यै हाम्रो छाडिदिनुहोस् ।’

यस विज्ञप्तिमा ११ अप्रिल २०२५ देखि ३० दिन या त्योभन्दा अधिक समय बिना दर्ता प्रमाणका आधारमा अमेरिकामा रहने विदेशी नागरिकलाई तुरुन्त दर्ता गराउन भनिएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः