मुम्बई आक्रमणका आरोपी तहब्वुरले भारत लैजाने प्रक्रिया रोकिदिन गरेको अपील अमेरिकी अदालतद्वारा खारेज

अमेरिकी सुप्रीम कोर्टले २६/११ को मुम्बई आक्रमणका आरोपी तहब्वुर रानाले भारत पठाउन रोक लगाइदिन माग गरेको अपील खारेज गरेको छ ।

यो अपील खारेजसँगै अब रानालाई भारतीय अधिकारीलाई सुम्पिने प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको छ ।

पाकिस्तानी मूलका क्यानडाका नागरिक ६४ वर्षी तहब्बुर अहिले अमेरिकाको लस एन्जेलिसको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा बन्दी छन् ।

अमेरिकामा रानालाई २०१३ मा आफ्ना साथी डेभिड कोलम्यान हेडलीसँग मुम्बई आक्रमण सम्पन्न गराएको र डेनमार्कमा आक्रमणको योजना बनाएको आरोपमा दोषी पाइएको थियो ।

अमेरिकी अदालतले यी घटनामा रानालाई १४ वर्षको जेल जसाय सुनाएको थियो । तहब्बुर हुसैन रानाको जन्म पाकिस्तानमा भएको थियो र उनी त्यहिँ हुर्किएका थिए । मेडिकल डिग्री हासिल गरेपछि उनी पाकिस्तानी सेनाको मेडिकल कोर टिममा समावेश थिए ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः