अमेरिकामा १५ वर्षपछि पहिलोपटक दिइयो गोली प्रहार गरी मृत्युदण्ड

अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई गोली प्रहार गरी मृत्युदण्डको सजाय दिइएको छ । आफ्नी पूर्व प्रेमिकाका आमा–बुबाको हत्यामा दोषी पाइएका ती व्यक्तिलाई उक्त सजाय दिइएको हो ।

ब्रेड सिगमोन नाम गरेका ती व्यक्तिमाथि फायरिङ स्क्वाडले शुक्रबार गोली प्रहार गरी मारेको हो । पछिल्लो १५ वर्षयता कसैलाई फायरिङ स्क्वाडले गोली हानी मारेको यो पहिलो घटना हो ।

६७ वर्षीय सिगमोनले आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि सन् २००१ मा उनका माता–पिताको बेसबल ब्याटले हानेर हत्या गरेका थिए । ब्रेड सिगमोनले फायरिङ स्क्वाडलाई गोली हानी आफ्नो हत्या गर्न अनुरोध गरेका थिए ।

अमेरिकामा मृत्युदण्डको सजाय पाइसकेका व्यक्तिलाई आफ्नो मृत्यु छनोट गर्न तीन विकल्प दिइन्छ । पहिलो:घातक इन्जेक्सन, दोस्रो इलेक्ट्रिक कुर्सी र तेस्रो फायरिङ स्क्वाड ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः