अब चुरोट खैनी बेच्न नपाइने

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तिजन्य वस्तुको प्रयोगमा प्रतिवन्ध लगाउने भएको छ | काठामाडौंका  धेंरै जसो सार्वजनिक स्थानहरूमा सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले सुर्तिजन्य वस्तु बिक्री वितरण र सेवनमा रोक लगाउन लागिएको कामपाको भनाइ छ | यो अभियान अरू भन्दा भिन्न तवरले संचालान् गरिने बताउँदै कामपाका उपप्रमुख हरिप्रभा श्रेष्ठले यो अभियान् एकैपटक सबै सार्वजनिक स्थानहरूमा नभई सर्वप्रथम एउटा क्षेत्रमा सफलतापूर्वक लागु गर्ने र विस्तारै अरू क्षेत्रहरूमा पनि विस्तार गरिने बताइन |

सुर्तिजन्य पदार्थले नसर्ने रोगहरूलाई जन्म दिन्छ| जुन रोग अति खतरनाक र ज्यानलेवा हुन्छन् | विश्व स्वास्थ सङ्गठनले जारी गरेको अध्ययन  प्रतिवेदन अनुसार नसर्ने रोगको प्रमुख ५ कारणभित्र सुर्तिजन्य पदार्थ सेवन र मदिरापान अग्र स्थानमा पर्दछन् | जसले गर्दा व्यक्ति र समाज दुवैको स्वास्थलाई असर पुग्छ |

सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवनकार्य गैरकानूनी हो | यदी कसैले त्यस्तो गरेको पाइएमा कानून बमोजिम तोकिएको कारवाही हुने व्यवस्था पनि छ | तर यो त्यति प्रभावकारी भने भएको देखिँदैन |

त्यसैले  बिद्यालय, अस्पताल , पार्क जस्ता सार्वजनिक स्थलहरूमध्य एक छानेर उक्त क्षेत्रमा पूर्णरुपमा कार्यन्वयन गरेर मात्र अर्को क्षेत्रमा लागु गरिने कामंपाले जनाएको हो |

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः