कहिले वालुवाटार , कहिले खुमलटार, कहिले कोटेश्वर अनि कहिले वालकोट, दिनरात छलफलहंरु चल्दछन् । कोरोना संक्रमतले गर्दा विश्व नै आक्रान्त भएको अवस्थामा स्वभाविक रुपमा यी छलफलहरु स्वास्थय, राहत, शिक्षा, अर्थतन्त्रमा केन्द्रित होला भन्ने अपेक्षा हामीले गरेका हुन्छौ तर दुर्भाग्यवस् यो अपेक्षामा मात्र सीमित रहन्छ् किनभने यो दौडधुपमा राजनैतिक खिचातानीको झल्को मात्र भेटिन्छ शायद यस्तै राजनैतिक अभ्यास गर्नुपर्ने बेला भएर हो कि ?

३९ दिन देखि सम्पूर्ण मुलुक लकडाउन भएर बसेको अवस्था छ । व्यापार, व्यावसाय मन्दीमा डुबेका छन् शिक्षा क्ष्ोत्र पूर्ण रुपमा शुन्य अवस्थामा छ , रोजगारीका अवसरहरु शुन्यप्राय छन् । दैनिक मजदूरी गरेर पेट पाल्नुपर्ने एउटा सिंगो वर्ग आज मर्नु र वाच्नुको अवस्थावाट गुज्रिरहेको यथार्थ सबैका सामु छर्लङ्ग छ ।
आज विश्वभरिको अभ्यासलाई केलाउँदा लकडाउनका मुख्य दुई उदेश्य हुन्छन् –सामुदाय संक्रमण रोक्नु अनि धेरै भन्दा धेरै परिक्षण गरेर संक्रमितको पहिचान गर्नु ९त्चबअष्लन० तर आज ३९ औं दिनमा लकडाउन आइपुग्दा पनि परिक्षणको गति अत्यन्तै न्यून रहेको पाइन्छ हाम्रो देशमा । लकडाउनको मर्मलाई कतै सरकारी स्तरबाटै नबुझेको जस्तो आभाश हुनु स्वभाविक हो अनि यहि तथ्यमा रहेर सामान्य रुपमै हामी सबै उत्तरविहिन हुन्छौं, “आखिर कहिले सम्म लम्बिन्छ लकडाउन ?”
पाँचसय किलोमिटर सम्मको पैदल यात्रा गर्दै आफ्नो गाउँ पुग्न चाहने ती निमुखा, गरिबहरुको पीडा त सम्झंदा पनि उदेक लागेर आउँछ । वास्तवमा कोरोना बाट १ जनाको पनि नेपालमा मृत्यु भएको तथ्यांक छैन जुन एउटा सुखद पक्ष हो अथवा भनौं प्रकृतिले नेपाललाई तयारीको लागि निकै समय प्रदान गरेकी छन् तर हाम्रो तयारीको अवस्था भने राजनैतिक अभ्यासमा मात्र केन्द्रित देखिन्छ , ः अत्यन्त दःख लाग्दो अनुभूति हुन्छ ।
कोरोनाको त्रास पछिको विश्वको अवस्था त्यति सहज देखिदैन । हुन त पछिल्लो हप्ता देखि नै विश्वभरी नै केहि हरिया बत्तीहरु बलेका पनि देखिन्छन् जसले हामीलाई केही आशावादी बनाएको छ । आशा गरौं बैशाख २५ पछि हल्का तबरले लकडाउन खुल्दै जानेछ । सँगसँगै चुनौतीहरु पनि त्यतिनै थपिने छन् । नाकाहरुबाट भित्रिने १० लाखभन्दा बढि नेपालीहरु साथै विदेशवाट रोजगारी गुमाएर अथवा स्वेच्छाले फर्कन चाहाने लाखौं नेपालीहरुको व्यवस्थापन अति नै चुनौतीपूर्ण देखिन्छ । रेमिटेन्स आयस्रोतको प्रमुख माध्यम भएको हाम्रो मुलुकममा यो वर्षभर करिब डेढ खर्ब बराबरको रेमिटेन्स गुम्ने खतरा अध्ययनले देखाएको छ । खाद्यान्य उत्पादनको मात्रा निकै कम छ र विश्वमै उत्पादन कम हुँदा खाद्यान्य आपूर्तिमा समस्या आउन स्वभाविक हो । पर्यटन क्ष्ोत्र सबैभन्दा धेरै मारमा पर्नेछ । व्यापार व्यावसायको अनि आयस्रोतको कमीमा एउटा सामान्य परिवारले भोकमरिको समस्या झेल्नु नपर्ला भन्न सकिन्न ।
आर्थिक, व्यवसाय, शिक्षा, पर्यटन जस्ता सबैजसो क्षेत्रमा आइपर्ने यति धेरै चुनौतिहरुका बिच सरकारी स्तरबाट ठोस नितिहरु आउनुपर्ने हो । कोरोनाको महामारी अनि मानवीय संकटको अवस्था बिच नागरिकले महसुस गर्ने गरि सरकारले उपस्थिति समेत देखाउन सकेको अवस्था छैन । कतै कुबेलामा सृजना गरिएको यो राजनैतिक संकटले देशलाई ठूलै भोकमरी र र्बबादीतिर ढकेल्ने त होइन ?
भोलिका दिनमा अफिसहरु खुल्लान तर कामहरु हुने छैनन् गाडीहरु चल्लान तर यात्रा हुने छैनन् । आशा गरौं यो Lock Down ले नेपालीहरुको Luck Down गर्ने हैन हामी मजबुत भएर फेरि सामान्य जीवनमा फर्कने छौं । सरकारको तर्फ बाट ठोस निति, नियम, राहातका प्याकेजहरु आउने छन् भनि आशा गरौं । तर अहिलेको लागि सबैको मनमा उब्जिएको प्रश्न फेरि पनि यहि हो –“बैशाख २५ पछि पनि लकडाउन लम्बिन्छ या खुल्छ ?”
Ranish Bhattarai
Vice Principal , Brain Heart Boarding School
,Ktm
Member-Executive Committee Kathmandu Metro
National PABSAN .




