वीरगञ्जमा लागु औषधसहित दुई जना पक्राउ

spot_img

पर्सा, २०८१ फागुन ७ – प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा चेकजाँचका क्रममा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८१ फागुन ७ गते दिउँसो करिब १४:१५ बजे प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले नेपाल-भारत सीमाक्षेत्रमा सवारी साधन तथा पैदलयात्रीहरूलाई जाँच गर्ने क्रममा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरू: १) राज अधिकारी

  • उमेर: २८ वर्ष
  • ठेगाना: भारत, वंगाल जिल्ला, नदिया थाना, बधकुल्ला बजार कोलनी
  • पक्राउ मिति: २०८१।११।०७ (फागुन ७)
  • बरामद सामग्री:
    • ६ के.जी. ३०० ग्राम गाँजा जस्तो देखिने पदार्थ
    • २ के.जी. १०० ग्राम चरेश जस्तो देखिने पदार्थ

२) आरती यादव

  • उमेर: ३० वर्ष
  • ठेगाना: बारा जिल्ला, प्रसौनी गाउँपालिका–२
  • पक्राउ मिति: २०८१।११।०७ (फागुन ७)
  • बरामद सामग्री:
    • ११ के.जी. ४०० ग्राम चरेश जस्तो देखिने पदार्थ

प्रहरीका अनुसार, राज अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको गाँजा र चरेश बरामद गरिएको थियो। त्यस्तै, आरती यादवले बोकेको झोलाबाट रातो रंगको ग्यालेनभित्र प्लास्टिकको सानो सानो पोका बनाई लुकाइ राखिएको चरेश बरामद गरिएको छ।

पक्राउ परेका दुबैजनालाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक कानूनी प्रक्रिया अघि बढाउन प्रहरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः