नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयका पाँच जना पक्राउ

spot_img

नयाँ दिल्ली । भारतको ओडिसा प्रहरीले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरा रहेका छन्। पक्राउ लगत्तै उनीहरूलाई अदालतमा पेस गरिएको बताइएको छ।

यसअघि केआईआईटी विश्वविद्यालयले दुई सुरक्षा गार्डलाई बर्खास्त गर्दै तीन कर्मचारीलाई निलम्बन गरिसकेको छ। विश्वविद्यालय प्रशासनले घटनालाई दुर्भाग्यपूर्ण भन्दै ओडिसा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

‘सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको निष्कर्षका आधारमा उनीहरूलाई कानुनी र प्रशासनिक कारबाही गरिनेछ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

यसैबीच, प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको दुव्र्यवहारको चौतर्फी विरोध भइरहेको छ। व्यापक विरोधपछि विश्वविद्यालय प्रशासनले आधिकारिक रूपमा माफी मागेको छ।

 

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः