सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, मन्त्री प्रदीप यादवको कार्यकक्ष पूर्णरूपमा जलेर नष्ट

काठमाडौँ, फागुन २६ – शनिवार बिहान काठमाडौँको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। आगलागीका कारण मन्त्रालयका मन्त्री प्रदीप यादवको कार्यकक्ष पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागी अचानक सुरु भएको र त्यसले कार्यकक्षमा रहेको सम्पूर्ण सामग्री क्षति पुर्याएको मन्त्रालय स्रोतले जनाएको छ। आगलागीको समयमा कार्यालयभित्र कर्मचारीहरू नभएकाले कुनै मानव क्षति भने भएको छैन।

घटनाको जानकारी पाएलगत्तै दमकल र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका थिए। आगलागीलाई केही समयमै नियन्त्रणमा लिइएको भए पनि कार्यकक्षका कागजात, कम्प्युटर, फर्निचरलगायत महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन्।

आगो लाग्नुको कारणबारे प्रारम्भिक अनुसन्धान जारी छ। विद्युत् सर्टको आशंका गरिए पनि विस्तृत विवरण भने अनुसन्धानपछि मात्र आउनेछ।

घटनापछि मन्त्री यादवले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गरी आवश्यक कदम चालिने बताए। मन्त्रालयले आगलागीको विषयमा छिटोभन्दा छिटो प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

(अधिक विवरण प्रतीक्षारत

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः