आज ७ हजार दुई सय दीयो जलाइँदै

वीरगञ्ज । वीरगञ्जका विभिन्न स्थानमा आज दीप प्रज्वलन गरिदैछ । हिन्दु स्वयम संघ नेपालले वीरगञ्जको बाइपास सडकस्थित वैष्णोदेवी मन्दिर परिसरको सडकमा ५१ सय दीप प्रज्लन गर्ने तयारी गरेको छ ।

श्रीराम जन्मभूमि भारतको अयोध्यास्थित भगवान् श्रीरामको राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा वार्षिकोत्सवको अवसर पारेर दीप प्रज्वलन गर्न लागिएको संघका वीरगञ्ज महानगर कार्यबाहक अध्यक्ष राजा गुप्ताले जानकारी दिए । उनकाअनुसार बाइपास सडकको एक खण्डको सडकको केही भागमा दियो बाल्ने तयारी गरिएको छ ।

यस्तै वीरगञ्जस्थित गहवामाई मन्दिरमा पनि आज साँझ साढे ५ बजेदेखि २१ सय वटा दीप प्रज्वलन गर्ने तयारी भइरहेको छ ।

गहवामाई मन्दिर सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले सम्पूर्ण भक्तजनलाई श्रद्धा, शुद्ध मन र आस्थासहित समयमै मन्दिर पुगेर सहभागी हुन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रयोग गरिने सम्पूर्ण दियोको व्यवस्थापन मन्दिर सञ्चालन समितिले गरेको अध्यक्ष साहले जानकारी दिए ।

साहले गहवामाईको आशीर्वादले जीवनमा सुख, समृद्धि र प्रगति प्राप्त हुने जनविश्वास रहेको भन्दै वीरगञ्जवासीहरूलाई उत्साहका साथ सहभागी हुन अपिल गरेका छन् ।
आज वीरगञ्जका दुई ठाउँमा गरेर सात हजार दुई सय दीयो जलाइनेछ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः