नेपाल-चीन सीमामा ७ म्याग्निच्युडको भूकम्प

spot_img

नेपाल-चीन सीमामा ७ म्याग्निच्युडको भूकम्प

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु तिब्बतको दिंगे कान्टी रहेको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ। विभागका अनुसार भूकम्पको मापन ७ म्याग्निच्युड रहेको छ।

यस भूकम्प बिहान ६ बजेर ५० मिनेटमा गएको थियो, जसले नेपालका प्रायः ठाउँहरूमा धक्का महसुस भएको छ। विशेषगरी तिब्बत क्षेत्रसँगै नेपालका पूर्वदेखि मध्य भागसम्म ठूलो धक्का दिएको स्थानीय स्रोतले जनाएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म आइनसकेको र स्थानीय प्रशासनले आवश्यक विवरण सङ्कलन गरिरहेको जानकारी प्राप्त भएको छ। थप विवरण प्राप्त भएमा सार्वजनिक गरिनेछ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः