कपडा बेच्दै सडक पेटीबाट सुरु भएको यात्रा, सर्राफ पुगे समाज कल्याण परिषद्मा

spot_img

वीरगंज । वीरगंजको सडक पेटीमा कपडा व्यापारबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका विक्की कुमार सर्राफ अब समाज कल्याण परिषद्को सदस्य बनेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले समाज कल्याण ऐन, २०४९ को दफा २० बमोजिम गठन गरेको तदर्थ समितिमा पर्साका सर्राफलाई सदस्यको जिम्मेवारी दिइएको हो।

समितिको अध्यक्षमा दोलखाका विशाल कुमार भण्डारी, महामन्त्रीमा गोरखाका ऋषि रमण खनाल र कोषाध्यक्षमा काठमाडौंका कविन्द्र कार्की रहेका छन्। समितिमा विभिन्न जिल्लाबाट गरी नौ जना समेटिएका छन्।

सामान्य व्यवसायबाट यात्रा सुरु गरेका सर्राफले पछिल्लो समय आफ्नो व्यवसायलाई विस्तार गर्दै व्यावसायिक क्षेत्रमा समेत राम्रो पहिचान बनाएका छन्। व्यवसायसँगै सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएका उनी विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएका छन्।

वीरगंजमै संघर्ष गर्दै अघि बढेका सर्राफको समाज कल्याण परिषद्को सदस्यमा नियुक्तिलाई उनको व्यावसायिक यात्रासँगै सामाजिक क्षेत्रमा बढ्दो सक्रियताको एउटा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।

अब परिषद्को सदस्यका रूपमा उनले सामाजिक सेवा, सामाजिक संघसंस्थाको समन्वय तथा सामाजिक क्षेत्रसँग सम्बन्धित काममा भूमिका निर्वाह गर्नेछन्।

सरकारले गठन गरेको नयाँ तदर्थ समितिमा पर्साबाट प्रतिनिधित्व गर्ने अवसर पाएसँगै सर्राफले वीरगंजको स्थानीय सामाजिक क्षेत्रको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत पाएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः