वीरगन्ज,३ असोजः बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ इनर्वा चोकमा मोटटरसााइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इनर्वाकै ३३ वर्षीय जामुन प्रसाद यादव रहेका छन् ।
शुक्रबार अपरान्ह इनर्वा चोकमा यादवले हाँकेको बीआर ०५ बीभी ४१७६ नम्बरको मोटरसाइकल बाटो काट्दै गरेकोे कुकुरलाई जोगाउन खोज्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा उक्त मोटरसाइकलका चालक यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते यादवको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।






