वीरगन्ज,२असाेज:वीरगन्ज महानगरपालिका वडा नम्बर १ नैकाटोलास्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट सिर्सियाबाट खटिएको टोलीले शुक्रबार भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ती मोबाइल पार्ट्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद मोबाइल पार्ट्सको मूल्य ६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । बरामद ती सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब प्रकाशचन्द्र भट्टले जानकारी दिए।






