संविधान दिवसमा मधेश भवन परिसरमा सरसफाइ, स्वच्छताको सन्देश

spot_img

वीरगञ्ज, ०३ असोज । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मधेश भवन परिसरमा आज बिहान सरसफाइ कार्यक्रम गरिएको छ । मधेश प्रदेश सरकारको आयोजनामा भएको सरसफाइ कार्यक्रममा प्रदेश सरकारका मन्त्री, कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरू सहभागी भएका थिए । सहभागीहरूले मधेश भवन परिसरका विभिन्न स्थानमा सरसफाइ गर्दै सार्वजनिक स्थलको स्वच्छता र संरक्षणप्रति सामूहिक प्रतिबद्धता जनाएका छन् ।कार्यक्रममा अर्थमन्त्री युवराज भट्टराई र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सरसफाइलाई संविधान दिवसको अवसरमा नागरिक जिम्मेवारीसँग जोड्दै स्वच्छता अभियानलाई निरन्तरता दिनुपर्ने सन्देश दिनुभयो । उहाँहरूले संविधानले नागरिकलाई अधिकार प्रदान गरेसँगै आफ्नो समाज, समुदाय र सार्वजनिक सम्पत्तिप्रति जिम्मेवार बन्ने दायित्वसमेत दिएको उल्लेख गर्नुभयो। सार्वजनिक स्थानको सरसफाइ र संरक्षणमा सरकारसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उहाँहरूको भनाइ थियो । गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले संविधान दिवसलाई औपचारिक कार्यक्रम र समारोहमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्व र सार्वजनिक हितसँग जोडेर मनाउनुपर्नेमा समेत जोड दिनुभयो । सरसफाइ कार्यक्रममा सहभागीहरूले स्वच्छ वातावरण, व्यवस्थित सार्वजनिक स्थल र जिम्मेवार नागरिक व्यवहार नै समुन्नत समाजको आधार भएको सन्देश दिएका छन्।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः