काठमाडौंकाे रेष्टुरेन्टबाट ३५ लाख नगदसहित वीरगन्जका एक युवकसहित २ जना पक्राउ

spot_img

वीरगञ्ज,१असाेज: काठमाडौं महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेष्टुरेन्टबाट स्रोत नखुलेको करिब ३५ लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पर्साकाे वीरगन्ज महानगरपालिका–२१ घर भएका ४० वर्षीय प्रवेश महत्तो र अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल रहेका छन् ।

उनीहरूलाई बुधबार राति प्रहरी वृत्त सिंहदरबारले स्राेत नखुलेकाे नगद ३४ लाख ८५ हजार रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः