वीरगन्ज,३०भदाैं:भोटेकोशी बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले
१ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेकाे छ।
मंगलबार क्याम्पसकै स्थित स्ववियु कार्यालयमा आयोजित कार्यक्रममा स्ववियु सभापति राज कुमार याद को नेतृत्वमा रहेको स्ववियु प्रतिनिधि मण्डलले क्याम्पस प्रमुख डा.केशव प्रसाद यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकाे छ।
कार्यक्रममा बोल्दै स्ववियु सभापति राज कुमार यादव ले देशमा परेको कठिन विपद्को घडीमा विद्यार्थी वर्ग केवल अध्ययनमा मात्र सीमित नरहेर सामाजिक दायित्वप्रति पनि उत्तिकै सजग रहेको बताए। क्याम्पसका स्ववियुको तर्फबाट उक्त सहयोग रकमले विपद् पीडित नागरिकको घाउमा केही हदसम्म मलम लगाउन सहयोग पुग्ने विश्वास गरिएको उनले बताए।
चेक ग्रहण गर्दै क्याम्पस प्रमुख जयादवले स्ववियुको मानवीय र सामाजिक कार्यको सराहना गर्दै धन्यवाद व्यक्त गरे। विद्यार्थी संघसंगठनहरूले देखाएको यो सामाजिक उत्तरदायित्व र सहकार्यको भावना अनुकरणीय रहेको र यो रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा स्ववियुका पदाधिकारीहरू, स्ववियु सदस्यहरू, क्याम्पस प्रशासनका प्रतिनिधिहरू, विद्यार्थीहरु लगायतकाको पनि उपस्थिति रहेको थियो।
बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको मासिक तलबबाट कट्टा गरिएको १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ बैंकका तर्फबाट बाढीपीडितका लागि हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
उक्त रकमबराबरको चेक बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले संयुक्त रूपमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।






