राधेमाई कुस्ती अखाडामा विशेष अवलोकन तथा निरीक्षण

spot_img

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै मधेश खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव श्री सुशील साहज्यू, मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्री शिवजी गुप्ताज्यू, मधेश प्रदेश खेलकुद परिषद्का इन्जिनियर श्री शिवचन्द्र यादवज्यू लगायतका पदाधिकारीहरूले राधेमाई कुस्ती अखाडाको अवलोकन तथा निरीक्षण गर्नुभयो।अवलोकनका क्रममा उहाँहरूले अखाडामा प्रशिक्षणरत खेलाडीहरूसँग भेटघाट गरी आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरूको मनोबल, उत्साह र हौसला बढाउन महत्वपूर्ण प्रेरणा प्रदान गर्नुभयो।

साथै, राधेमाई कुस्ती अखाडाको आवश्यक भौतिक संरचना/शेड निर्माण तथा व्यवस्थापन यही असोज महिनाभित्र गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकोमा सम्पूर्ण राधेमाई कुस्ती परिवार हार्दिक आभार व्यक्त गर्दछ।

खेलाडीको भविष्य र कुस्ती खेलको विकासका लागि गरिएको यो प्रतिबद्धता कार्यान्वयन हुने विश्वास लिएका छौँ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः