पर्साको हर्दिया मन्दिर परिसरमा श्रद्धालुका लागि चौतारी पार्क निर्माण,उपाध्यक्ष आलमले गरे उद्घाटन

spot_img

वीरगन्ज,२७ भदौं : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ हर्दियास्थित मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ।वातावरण संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यकरणलाई लक्षित गर्दै मन्दिर पसिरमा डिभिजन वन कार्यालय पर्साको १६ लाख रुपैयाँको लागतमा चौतारी पार्क निर्माण गरिएको हो।

नवनिर्मित उक्त पार्कको शनिबार सबैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष एंव पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले उद्घाटन गरेका छन् ।

वातावरण संरक्षणसँगै सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवद्र्धनका लागि चौतारी पार्क निर्माण गरिएको भन्दै आलमले धार्मिक स्थलमा आउने श्रद्धालुहरूका लागि विश्रामस्थलका रूपमा समेत चौतारी पार्क उपयोगी हुने अपेक्षा गरिएको बताए।

उद्घाटन कार्यक्रममा पार्क निर्माण उपभोक्ता समितिका उपभोक्ता अध्यक्ष रमेश प्रसाद यादव , आमोदिन हवारी, विरेन्द्र तिवारी, मनमोध यादव लगायतकाको पनि उपस्थिती रहेको थियो ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः