रौतहटमा ७ सय लिटर अवैध घरेलु मदिरा नष्ट

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी शनिबार नष्ट गरेको छ।

गौर नगरपालिका वडा नम्बर ५ अन्तर्गतका विभिन्न स्थानमा लुकाईछिपाई सञ्चालन भइरहेका तीनवटा अवैध दारु भट्टीमा विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। छापामार अभियानमा ठूलो परिमाणमा घरेलु मदिरा, कच्चा पदार्थ, र अन्य सामग्री नियन्त्रणमा लिइएको थियो। बरामद सामग्रीहरू पत्रकारहरूको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिनुभयो।

बरामद विवरणः
बेच्न र तयारी अवस्थामा रहेको ७ सय लिटर घरेलु मदिरा
२८ सय लिटर कच्चा पदार्थ
मदिरा उत्पादनमा प्रयोग गरिएका सामग्रीः
भाँडाकुँडाः ४ थान
डेक्चीः ८ थान
स्टिल बाल्टिनः ३ थान
ग्यास सिलिन्डरः ४ थान
ग्यास चुलोः ४ थान
प्लास्टिक ग्यालनः १४० थान
प्लास्टिक बाल्टिनः १० थान
प्रहरी निरीक्षक गुप्ताका अनुसार भट्टी सञ्चालकहरू प्रहरीको छापा लगत्तै भागेको र उनीहरूको खोजी कार्य जारी रहेको छ।

प्रहरीको चेतावनीः
“बिना इजाजत मदिरा बिक्री–वितरण गर्ने वा मदिरा सेवन गरेर होहल्ला गर्ने जो–कोहीलाई कानूनी कारबाही हुनेछ,“ प्रहरी निरीक्षक गुप्ताले बताउनुभयो। उहाँले मदिरा बिक्री, वितरण, र ओसारपसारमा समेत प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको जानकारी दिनुभयो। साथै, यस्तो अवैध कार्य रोक्न सबै पक्षको जिम्मेवारी रहेकोमा उहाँले जोड दिनुभयो।

प्रहरीको अपिलः
स्थानीय बासिन्दालाई अवैध मदिरा उत्पादन र वितरणविरुद्ध प्रहरीलाई सहयोग गर्न आग्रह गरिएको छ। अवैध मदिरा नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको र यस अभियानमा निरन्तरता दिइने बताइएको छ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः