वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा भएको गोलीकाण्ड प्रयासपछि अमेरिकी अधिकारीहरूले मुख्य संदिग्धको पृष्ठभूमि र उद्देश्यबारे गहिरो अनुसन्धान गरिरहेका छन् । क्यालिफोनिर्याको टोरेन्सका ३१ वर्षीय कोल टोमस एलनलाई सन्दिग्ध बताइएको छ ।
उनी पेसाले शिक्षक र भिडियो गेम डेभलपर हुन् । ‘विश्वास तोडेकोमा म माफी चाहन्छु,’ आक्रमणअघि उनले आफ्ना परिवारलाई पठाएको भनिएको सन्देशमा लेखेका थिए । आफूले प्रशासनका अधिकारीहरूलाई लक्षित गर्ने योजना बनाएको पनि पत्रमा उनले उल्लेख गरेका थिए । आफूले माफी पाउने अपेक्षा नगरेको पनि उनले लेखेका थिए ।
अधिकारीहरूका अनुसार एलनले आफूलाई ‘मैत्रीपूर्ण सङ्घीय हत्यारा’ भनेर वर्णन गर्दै राष्ट्रपति ट्रम्पप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
उनको परिवारका सदस्यहरूले बताएअनुसार उनी पछिल्लो समय लस एञ्जलसमा वामपन्थी गतिविधिहरूमा संलग्न हुँदै गएका थिए । उनले क्रमशः कट्टर विचार व्यक्त गर्न थालेका थिए । अनुसन्धानले देखाएअनुसार उनले बन्दुकहरू किनेका थिए र नियमित रूपमा फायरिङ अभ्यास पनि गर्दै आएका थिए ।
घटनाअघि उनी ट्रेनमार्फत लस एन्जलसबाट सिकागो हुँदै वासिङ्टन डीसी पुगेका थिए । प्रहरीका अनुसार उनीसँग । घड क्यालिबरको पेस्तोल र १२ गगको सटगन थियो । डिनर आयोजना भएको होटल बाहिर उनले सुरक्षा घेरा तोड्ने प्रयास गर्दा गोली चलेको थियो ।






