बारा: हावाहुरी र असिना पानीले घरमा क्षति

spot_img

वीरगञ्ज, १४ वैशाख। बाराको कलैया उपमहानगरपालिका–१०, नीलकण्ठवामा गए राति आएको हावाहुरी तथा असिनासहितको वर्षाले जनधनमा ठूलो क्षति पुर्‍याएको छ।

 

हावाहुरीका कारण स्थानीय युनिष मियाँ अन्सारीको अर्धपक्की घरको छानो उड्दा करिब १ लाख रुपैयाँ बराबरको जस्ता (एन्भेस्टर) क्षति भएको छ।साथै, घरमा राखिएको धान, गहुँलगायत अन्नबाली भिजेर करिब २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ। त्यसैगरी, हालै निर्माण भई सञ्चालनमा आएको भिजन एचिभर इन्स्टिच्युटको फुसको घर र छानो उड्दा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

 

स्थानीय रमेशप्रसाद चौरसियाको भकारीमा राखिएको धान तथा पसलको छानो उड्दा प्रिन्टर, फ्रिज, मोटर र महत्त्वपूर्ण कागजातहरू नष्ट भई ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ।

 

आइतबार राति आएको तीव्र हावाहुरी र असिनासहितको वर्षाले बारा जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ भने अन्य स्थानहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः