वीरगञ्ज, १८ माघ। संयुक्त अरब इमिरेट्स (यूएई)ले २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । यूएई सरकारको ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई आममाफी दिएको हो।
नेपाल सरकारले यस आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप युएई सरकारले आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
माफी पाएका नेपाली नागरिकविरुद्ध अन्य कुनै बाँकी कानुनी मुद्दा वा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्कन सक्नेछन् ।




