वीरगञ्ज,२४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भएको बताएका छन् ।आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग बोल्दै उनले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौं । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ”केही दिन अघि रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति हुँदा घिसिङलाई उपसभापतिसहित दोस्रो वरीयतामा राख्ने निर्णय भएको थियो ।




