गरीब विद्यार्थी र बिरामी सहयोगका लागि चित्रगुप्त समितिमा अक्षयकोष स्थापना

spot_img

वीरगञ्ज । स्वर्गीय प्राध्यापक डा. कुलानन्द लाल दासको स्मृतिमा परिवारजनले चित्रगुप्त समिति वीरगञ्जमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

 

गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर बिरामीलाई उपचार सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो।बुधबार दाता परिवारका तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति वीरगञ्जका अध्यक्ष महेश दास तथा कोषाध्यक्ष डा. आलोक चन्द्र दत्तलाई रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

स्व. प्रा.डा. दास ठाकुरराम क्याम्पसका वरिष्ठ शिक्षाविद् तथा चित्रगुप्त समिति संरक्षक परिषद्का पूर्व अध्यक्ष हुनुहुन्थ्यो।

 

अध्यक्ष महेश दासका अनुसार अक्षयकोषबाट आर्थिक रूपमा विपन्न जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा आवश्यक परेका गम्भीर बिरामीलाई औषधि उपचारमा सहयोग गरिनेछ। साथै, अन्य इच्छुक दाताहरूलाई पनि आफ्नो प्रियजनको नाममा अक्षयकोषमा योगदान गर्न अपिल गरिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः