पर्साको जिराभवानीबाट दुई बोरा गाँजा सहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ।  पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो परिमाणमा अवैध लागुऔषध (गाँजा) सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको बिहार राज्य, बेतिया जिल्ला, मुसहरीका ६५ वर्षीय गामा बिन हुन्।

गए राति करिब ९ बजे अस्थायी प्रहरी पोस्ट शंकरसरैयाँबाट प्रहरी सहायक निरीक्षक बिकाउ साहको नेतृत्वमा गस्तीमा रहेको टोलीले शंकरसरैयाँ गाउँ नजिकै खेतबारिको बाटो हुँदै भारततर्फ लैजाने क्रममा बिनलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट दुई बोरा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बिनले गाँजा भारततर्फ लैजाँदै गरेको बयान दिएका छन्। पक्राउ परेका बिनसहित बरामद गरिएको लागुऔषधलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको निरीक्षक थापाले जानकारी दिए।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः