जेनजी आन्दोलनमा आपराधिक कार्यमा संलग्न कार्यकर्तालाई एमालेले कारबाही गर्ने

नेकपा एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्ने घोषणा गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार अपानि १३ जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘भदौ २३ र २४ गतेको जेनजीका नाममा सुरु भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित पार्टी कमिटी र जनसङ्गठनले विधानबमोजिम आवश्यक कारबाही गर्ने’, अध्यक्ष ओलीले जारी गरेको अपानिमा भनिएको छ, ‘१५ दिनभित्र त्यस्ता सदस्यहरू माथि गरिएको कारबाहीको जानकारी पार्टी केन्द्रीय कार्यालयमा गराउने ।’

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः