जेनजी आन्दोलनमा घाइते नगर प्रहरीको वीरगञ्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गर्‍यो

वीरगञ्ज । जेनजी आन्दोलनका क्रममा घाइते भएकी वीरगञ्ज महानगरपालिकामा कार्यरत नगर प्रहरी जवान अन्जली पटेलको वीरगञ्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गरेको छ ।

२४ वर्षीया पटेल गत मंगलबार प्रदर्शनकारीहरूले वीरगञ्ज महानगरपालिका कार्यालयमा तोडफोड र आगजनी गर्ने क्रममा घाइते भएकी थिइन् । दोस्रो तल्लामा ड्युटीमा रहेकी उनलाई बाहिरबाट भर्याङ हालेर तल झारिएको थियो । त्यही क्रममा ढुंगामुढा हुँदा टाउकोमा ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन् ।

उद्धारपछि उनलाई तत्कालै वीरगञ्ज हेल्थ केयर हस्पिटल लगिएको थियो । अस्पतालमा दुई दिन भर्ना गरी उपचार गरिएको र स्वास्थ्य अवस्था सामान्य भएपछि बुधबार डिस्चार्ज गरिएको जनाइएको छ ।उपचारका क्रममा लाग्ने सम्पूर्ण शुल्क तथा औषधि खर्चसमेत अस्पतालले मिनाहा गरेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः