वीरगञ्ज । जेनजी आन्दोलनको प्रभावस्वरूप वीरगञ्जमा पुनः तनावपूर्ण स्थिति देखिएको छ। वीरगञ्जको घण्टाघर नजिक रहेको नेपाल टेलिकम कार्यालयमा आगजनी भएको छ।
त्यसैगरी घण्टाघरमै पार्किङमा रहेका केही गाडीमा पनि आगजनी गरिएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलमा खटिएका छन् भने आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको छ। स्थिति थप जटिल नबनोस् भन्ने हेतुले आसपास क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ।




