वीरगंज । संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) को सहयोगमा मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) नेपाल र वीरगंज महानगरपालिकाको साझेदारीमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम” अन्तर्गत निःशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइने भएको छ।सो अवसरमा मानसिक रोग विशेषज्ञद्वारा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य परीक्षण र मनोपरामर्श सेवा दिइनेछ।कार्यक्रम वीरगंज महानगरपालिका–१४ स्थित स्वास्थ्य चौकीमा आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाएको छ।
सुचना विभाग दर्ता नम्बरः १६५५
प्रेस काउन्सिल दर्ता नम्बर: १९३९




