
काठमाडाैं । देशका धेरै ठाउँमा आज मौसम आंशिक बदली भएकाे छ । बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान गरीएकाे छ ।
पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
हिजो बेलुका देशका केही स्थानमा सामान्य हिउँदे वर्षा भएको थियाे । शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको बर्षा गराउन सक्ने अनुमान महाशाखाले गरेकाे छ ।




