३ लाख धरौटी बुझाएर छुटे धवलशमशेर

काठमाडौँ, ३ असारः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शम्शेर राणा ३ लाख धरौटीमा छुटेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि उनी आजै धरौटी बुझाएर छुटेका हुन् ।

उनी आज बिहान अदालतमा हाजिर भएका थिए । तीनकुने घटनामा हाजिर जमानीमा छुटेका उनी मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन् । चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते हाजिर जमानीमा छाडेको थियो ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः