कैयौं मानिसहरुको गुनासो हुन्छ ‘मलाई नै किन लामखुट्टेले धेरै टोक्छन्?’ यो प्रश्न हासीमजाक लाग्न सक्छ । तर यसका पछाडी गम्भीर वैज्ञानिक कारण लुकेको हुन्छ । जसरी हामीलाई कुनै खास सुगन्ध या स्वाद मन पर्छ त्यसरी नै लामखुट्टेले पनि आफ्नो शिकार छनोट गर्दा केही खास गन्ध या शरीरको गर्मीलाई प्राथमिकता दिन्छन् ।
रकफेलर लेबीको हालै एक अध्ययन अनुसार फिमेल लामखुट्टे मानिसको शरीरबाट निस्किने गन्ध, गर्मी र कार्बन डाइअक्साइडलाई महशुस गरेर शिकार तय गर्छन् । गुलियो खानेकुरा, लसुन र केरा धेरै खाने मानिसलाई नै लामखुट्टेले धेरै टोक्ने बताइँदै आइएको थियो । तर अहिले भएको नयाँ सोधमा लामखुट्टेले धेरै टोक्ने कारण शरीरको गन्ध मुख्य कारण रहेको बताइएको छ । जो हाम्रो छालामा रहेका ब्याक्टेरिया र फ्याटी एसिडसँग सम्बन्धित हुन्छ ।
लामखुट्टेको आकर्षण : शरीरको गन्ध
हाम्रो शरीरको छालामा कैयौं प्रकारका सुक्ष्म ब्याक्टेरिया हुन्छन् । यी ब्याक्टेरियाले नै हाम्रो शरीरको गन्ध तय गर्छन् । र यो गन्ध हामीले कस्ता कस्ता खानेकुरा खाइरहेका हुन्छौं भन्नेमा निर्भर हुन्छ । हाम्रो खानामा समावेश तेल, नट्स, माछा, अण्डाजस्ता पदार्थले शरीरमा फ्याटी एसिड बनाउँछन् । जसले हाम्रो शरीरको गन्धलाई प्रभावित पार्छ । लामखुट्टेले यो गन्ध महशुस गरेरै कसलाई टोक्ने भन्ने तय गर्छन् ।
कार्बनडाइअक्साइड र गर्मीको असर
लामखुट्टेले गन्ध मात्र होइन, शरीरबाट निस्किने कार्बनडाइअक्साइड र गर्मीलाई पनि महशुस गर्छन् । यसकारण जसलाई धेरै पसिना आउँछ वा जसको शरीरको तापक्रम धेरै हुन्छ, उनीहरुलाई नै लामखुट्टेले धेरै टोक्छन् ।
कसरी बच्ने?
यदि तपाईंलाई पनि मच्छरले धेरै टोक्छन् भने तपाईं आफ्नो खानपानमा परिवर्तन गर्नुहोस् । धेरै चित्लो या फ्याटवाला खानेकुरा कम खानुहोस् । दिनमा दुईपटक नुहाउनुहोस् र परफ्यूम प्रयोग गर्नुहोस् ।
लामखुट्टे भगाउने उपायहरु धुप, लिक्यूडको प्रयोग गर्नुहोस् । राति सुत्दा हल्का कपडा लगाउनुहोस् र शरीरको अधिकांश क्षेत्र ढाक्ने कोशिस गर्नुहोस् ।




