पर्साको प्रसौनीमा निःशूल्क आँखा शिविर, ४५२ जनाको चेकजाँच

spot_img

वीरगञ्ज ।  पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठास्थित श्री मसरुर पब्लिक विद्यालयको प्राङ्गणमा आज एक दिवसीय आँखाको शिविर सम्पन्न भएको छ।

“प्रेम सबैलाई गर, कसैलाई घृणा नगरेर” भन्ने मुल नारासाथ आजको आँखाको शिविर सफलतापूर्वक सम्पन्न भएको हो। केडिया आँखाअस्पतालको प्राविधिक सहयोग र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा यस शिविरको सञ्चालन भएको थियो।

शिविरमा ४५२ जनाको आँखाको जाँच गरिएको थियो, जसमा १५० जना मोतियाबिन्दु रोगी पत्ता लागेका छन्। मोतियाबिन्दुका बिरामीलाई निशुल्क अप्रेसनको व्यवस्था गरिएको छ, जुन परवानीपुर केडिया आँखा अस्पतालमा हुनेछ। यस शिविरमा केडिया आँखा अस्पतालका प्राविधिक डाक्टर डा. अम्बिका साह, व्यास महतो र कैशल कुमार कर्ण उपस्थित थिए।

कार्यक्रमको उद्घाटन पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरीको प्रमुख आतिथ्यमा भएको थियो। यस अवसरमा विशिष्ट अतिथिका रूपमा विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर र केडिया आँखा अस्पतालका डा. राज किशोर साह उपस्थित थिए।

शिविरमा जाँच गर्दा मोतियाबिन्दुको बिरामी भेटिएमा निशुल्क अप्रेसनको व्यवस्था गरिएको जानकारी स्थानीय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले दिएका थिए।

आंखा शिविरको कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए। #satyaaasthakhabar

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः