त्रिविको परीक्षा रोकियो

spot_img

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा शुक्रबार भएको शिक्षा शास्त्र संकायअन्तर्गतको परीक्षा स्थगित भएको छ। कोड नम्बर ५१३ एड्भान्स एजुकेशनल साइकोलोजी विषयको परीक्षा स्थगित गर्नु परेको डिन कृष्णप्रसाद गौतमले जानकारी दिए। बिहान ११ बजेदेखि सुरू परीक्षा आधा घण्टापछि स्थगित गरिएको हो।

बुधबार भएको कोड नम्बर ५१२ फाउण्डेशन अफ एजुकेशन विषयमा सोधिएकै प्रश्न एड्भान्स एजुकेशनल साइकोलोजी विषयमा पनि दोहोरिएपछि परीक्षा स्थगित गरिएको डिन गौतमले बताए।

गौतमका अनुसार कीर्तिपुरस्थित परीक्षा केन्द्रमा मात्रै परीक्षा स्थगित गरिएको छ। यहाँ अंग्रेजीका पाँच सय हाराहारी विद्यार्थी परीक्षामा सहभागी थिए।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः