निःशुल्क भोजन कार्यक्रम जारी

वीरगञ्ज । वीरगञ्जस्थित आदर्शनगर चौकमा रहेको सद्भाव सेवा समितिले आफ्नो ७ औँ वार्षिकोत्सव र ३३० औँ सप्ताहको अवसरमा शनिवार पनि निःशुल्क भोजन कार्यक्रमको आयोजना गर्‍यो ।

सद्भाव सेवा समितिका अध्यक्ष रमेश जाटियाको नेतृत्वमा आयोजित कार्यक्रममा गरिब, असहाय, रिक्सा चालक, ठेला चालक, इरिक्सा चालक लगायतका एक हजारभन्दा बढी व्यक्तिहरूलाई नि:शुल्क भोजन प्रदान गरिएको थियो ।

समितिका अध्यक्ष जाटियाका अनुसार भोजन शिविर विगत ७ वर्षदेखि प्रत्येक शनिवार आयोजना हुँदै आएको छ । उनले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ गरिब, दुःखी, र असहाय व्यक्तिहरूलाई सेवा पुर्‍याउनु समितिको प्रमुख उद्देश्य रहेको बताए ।

सद्भाव सेवा समितिले प्रदान गर्ने भोजन घरमा पकाइएको जस्तै स्वादिलो र पोसिलो हुने बताइएको छ । अध्यक्ष जाटियाले भने, “गरिब र असहायलाई भोजन गराउनुजस्तो ठुलो धर्म अरू केही हुँदैन । यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र आपसी सद्भाव बढाउने काम गर्दछ ।”

कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । यस प्रकारको सेवा गतिविधिले वीरगञ्जलाई सामाजिक सेवाको उत्कृष्ट उदाहरणको रूपमा चिनाउँदै आएको छ ।

सद्भाव सेवा समितिको यो पहलले गरिब र असहाय व्यक्तिहरूको जीवनमा केही सहजता ल्याउन मद्दत गरेको छ । समितिले आगामी दिनहरूमा पनि यो सेवा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः