
सोमबार ११ बजेर ३० मिनेटको समयमा प्रजाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।
कात्तिक १४ गते भीमफेदी–९ मा भान्जी पम्फा चेपाङको घर जाने क्रममा प्रजा हराउनुभएको थियो । टिकरामका भान्जा रामहरि प्रजाले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मामाको खोजी गरिदिन निवेदन दर्ता गराउनुभएको थियो ।
मृतकले लगाएको कपडा र साथमा रहेको झोलाको आधारमा सनाखत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।




