पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ को हर्दियामा बढ्दो चिसोका कारण कम्बल वितरण

पर्सागढी नगरपालिका वडा नं ५ को हर्दियामा कम्बल वितरण
वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ को हर्दियामा बढ्दो चिसोका कारण प्रभावित विपन्न परिवारलाई राहत स्वरूप कम्बल वितरण गरिएको छ ।

पर्सागढी – ५ स्थित हर्दिया गाउँमा जिल्ला प्रशासन कार्यालय पर्सा, उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा लगभग एक सय विपन्न परिवारलाई कम्बल,जुत्ता,ज्याकेट, प्लास्टिक म्याट मिलाएर वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, चिसोका कारण प्रभावित परिवारलाई सहयोग गर्न कम्बल वितरण गरिएको हो । यस प्रकारका राहत कार्यले समुदायलाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताए ।
कार्यक्रममा पर्साका सहायक जिल्ला अधिकारी निशान राज गौतम, प्रमुख प्रशासनिक अधिकृत दीपक कुमार पटेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको उपस्थिति थियो ।

सम्बन्धित निकायहरूको सहकार्यमा गरिएको यस राहत कार्यक्रमले चिसोबाट पीडित परिवारहरूको दैनिक जीवनमा थोरै भए पनि सहजता ल्याउने अपेक्षा गरिएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः