
कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज बिहान आफैं काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने भएका हुन् ।यस अघि शुक्रवार काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भनिएकोमा आज कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौँतर्फ फर्कने क्रममा ढिलाई भएको हुदा आइतबार अदालतमा उपस्थित हुने रस्वपाका नेता दिपक बोहराले सामाजिक संजाल मार्फत जानकारी गराएका छन |
बिहिबार राती हिरासतमुक्त भएपछी उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परिक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरु बसेको होटलमा बस बस्न पुगेका थिए भने राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्तहरुलाई भेटेका थिए ।
यता आफ्नो पार्टी सभापति हिरासतमुक्त भएको थाहा पाउने बित्तिकै पार्टी उपसभापति स्वर्णिम वाग्ले तनहुँमा निर्धारित आफ्नो सबै कार्यक्रमहरु छाडेर राती नै पोखरा आएका छन ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार , अदालतको आदेशले अन्य छ जना धरौटी राखेर छुटे पनि लिला पछाई भने धरौटी राख्न नसक्दा जेल चलान भएका छन् ।
अदालतले तोकेको धरौटी रकम मध्ये पूर्व डिआइजी छविलाल जोशीलाई ८८ लाख रुपैयाँआरती गुरुङ र मीना गुरुङ ५–५ लाख रुपैयाँ तथा कृष्णबहादुर गुरुङ एक लाख रुपैयाँ धरौटी राखेर बिहिबार राती नै हिरासतमुक्त भएका छन् भने लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।




