भारतको आन्ध्र प्रदेशमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु

वीरगञ्ज, २५ पौष । भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भागदौडमा अरु २५ जना घाइते भएका छन् ।

तिरुपतिमा धेरै भक्तहरू तिरुमाला पहाडमा रहेको भगवान वेंकटेश्वर स्वामी मन्दिरमा वैकुण्ठद्वार दर्शनको टिकट लिनको लागि दौडिरहेका थिए । भोलिदेखि शुरू हुने १० दिने वैकुण्ठद्वार दर्शनका लागि देशभरबाट हजारौं भक्तजन तिरुपति पुगेका छन् ।

१० दिनका लागि मात्रै खुल्ने वैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको सङ्ख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको थियो ।

काउन्टरबाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एकअर्कामाथि खसेका र यसले भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

- विज्ञापन -

सम्बन्धि थप समाचार

ताजा खबरः

लोकप्रियः