वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले भारतीय नम्बर प्लेटको कारबाट हतियार तथा गोली बरामद गरेको छ।
बुधवार वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तु विहार चोक नजिक शंकास्पद अवस्थामा रहेको भारतीय नम्बरको कारलाई सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा हतियार बरामद गरेको हो।
चेकजाँचका क्रममा कारबाट दुई थान सिक्सर, दुई थान कट्टुवा पेस्तोल तथा ७.६२ एमएम एसएलआरका ६ राउण्ड गोली फेला परेको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
बरामद हतियार तथा गोली आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






