काठमाडौंबाट वीरगन्ज आउँदै गरेकाे इभी माइक्रो दुर्घटना हुँदा ४ जनाको मृत्यु

spot_img

वीरगञ्ज,३०भदाैं:काठमाडौंबाट वीरगन्ज आउँदै गरेको इभी माइक्रो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३००१ ज ०७२० नम्बरको इभी माइक्रो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सुकौरामा मंगलबार दिउँसो दुर्घटना भएको हो।

दुर्घटनामा अन्य तीन जना गम्भीर र एकजना सामान्य घाइते भएका छन्।

प्रहरीका अनुसार माइक्रो सडकबाट करिब पाँच सय मिटर तल खसेको हाे ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार, माइक्रोमा ८ जना सवारमध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी चार जनालाई उद्धार गरिएको छ ।

उद्धार गरिएका १ जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौंतर्फबाट लगिएको मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीले बताए।

दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः