रास्वपा केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य हुँ भन्दै धाकधम्की दिने एक जना पक्राउ

spot_img

वीरगंज, ३० भदौ । विभिन्न सरकारी तथा राजनीतिक पदको झुठो परिचय दिई दबाब, धम्की र ठगी गरेको आरोपमा झापा हल्दीबारी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षका सुजन विश्वकर्मा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भनी झुठा दाबी गर्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थाहरूमा प्रवेश गरी धाक-धम्की र दबाब दिने गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले दाबी गरेका पद तथा जिम्मेवारी वास्तविक नभएको खुलेपछि झापा जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

साथै, उक्त व्यक्तिले झुठो परिचय दिई कसैलाई कुनै प्रकारको प्रलोभन वा लाभ लिएको अथवा हानि-नोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय, झापामा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

- विज्ञापन -spot_img

सम्बन्धि थप समाचार

- विज्ञापन -spot_img

ताजा खबरः

लोकप्रियः